रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं २ कठजोरका वडाध्यक्ष क्वारेन्टीनमा बसेको स्वास्थ्य चौकीमा दारुपार्टी भएको भिडियो सार्वजनिक भएको छ । कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि क्वारेन्टीन बनाइएको स्वास्थ्य चौकीमा विदेशबाट आएर क्वारेन्टीनमा बसेका वडाध्यक्ष तरणिशंकर अधिकारी सहित बसेर दारुपार्टी गरिरहेको भिडियो सार्वजनिक भएको हो । भिडियोमा कठजोर स्वास्थ्य चौकीको नयाँ भवनमा स्वास्थ्य चौकीका ईन्चार्ज प्रदिप महत्तो, श्री निलकण्ठेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारी ,सोहि विद्यालयका मावि शिक्षक महेश कुमार खतिवडा, लगायत केहि स्थानीय मदिरा सेवन गरिरहेको देखिन्छन् भने वडाध्यक्ष अधिकारी छेउमा बसेर हेरिरहेको देखिन्छ । अहिले कोरोना भाइरसका कारण वैकल्पीक सिकाईका रुपमा विद्यालयहरुले सिफ्टमा कक्षाहरु संचालन गरिरहेको बेलामा विद्यालयका प्रधानाध्यापक र शिक्षकनै क्वारेन्टीनमा बसेको व्यक्तिसंग दारुपार्टिमा सहभागि हुनुले झनै संक्रमणको खतरा निम्त्याएको स्थानीयकोे भनाई छ ।
यसबारेमा वडाध्यक्ष अधिकारीले भने आफु बसेको क्वारेनटीनमा नभै स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्य कर्मीहरु बस्न बनाइएको क्वाटरमा दाजुभाई , साथिभाईसं सामान्य रुपमा बसेको बताउनुभयो । नेपाल संकारलेनै पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरुले शंंका लागेमा मात्रै क्वारेन्टीनमा बस्न भनेको छ , मैले पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको रिपोर्ट जिल्ला स्थित सम्बन्धित निकायमा बुझाएकाले साथिभाईसंग समान्य रुपमा खानपीन गरेको हँु उहाँले भन्नुभयो । उहाँले चित्त नबुझेका कुनै व्यक्तिले आफ्नोे बदनाम गर्ने उद्देश्यले भिडियो सार्वजनिक गरेको हुन सक्ने बताउनुभयो । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले सरकारी भवन त्यसमा पनि स्वास्थ्य चौकीमा बसेर दारु पार्टि गर्नु भनेको अत्यन्तै दुखद र लाजमर्दो कुरा भएको बताउनुभयो । उहाँले दारु पार्टि गरिरहेको भिडियोका बारेमा असोज २३ गते शुक्रबारनै जानकार पाएको र कारवाहीको प्रक्रिया पनि अगाडि बढाइएको बताउनुभयो । यो घटनाको मुख्य दोश स्वाथ्यचौकी इन्चार्जलाई जान्छ , उनलाई कारवाही स्वरुप सरुवाको प्रक्रिया अगाडि बढाई सकिएको छ , दारुपार्टिमा सहभागि हुने निलकण्ठेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापकलाई पनि नगरपालिकाले स्पष्टीकरण सोेधेको छ , उनलाई पनि आवश्यक कारवाही हुन्छ नगरप्रमुख बस्नेतले भन्नुभयो । अस्ट्रेलियाबाट आएपछि वडाध्यक्ष तरणिशंकर अधिकारी २०७७ असोज १३ गते मंगलबारदेखी कठजोर प्राथमिक स्वास्थ्य केन्द्रमा क्वारेन्टीन बस्नुभएको थियो ।