ताजा समाचार


सोमबार रामेछापमा ३४ महिने बालिका सहित ८ जनामा कोरोना संक्रमण

 नेपाल बाहक    २६ आश्विन २०७७, सोमबार १४:०१     628 जनाले पढ़िसके

रामेछाप । रामेछापमा सोमबार थप ८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षक भुबन थापाका अनुसार गत असोज २३ गते स्वाब संकलन गरि पठाइएका ७९ जना मध्ये ८ जनाको रिर्पोट पोजेटिभ आएको हो । थापाका अनुसार सोमबार ४ जना पुरुष र ४ जना महिला गरी ८ जनामा कोरोना संक्रमण भएको हो ।
संक्रमति हुनेमा रामेछाप नगरपालिकामा कार्यरत २५,३० र २५ बर्षका पुरुष रहेका छन् । रामेछाप नगरपालिका ६ को २६ बर्षको महिला र ३४ महिने बालिकामा समेत कोरोना संक्रमण भएको छ भने रामेछाप नगरपालिका ८ कि १३ बर्ष र ४९ बर्षको महिलामा कोरोना संक्रमण भएको थापाले जनाकारी दिनुभयो ।
सोमबार थप भएका संगै रामेछापमा कुल कोरोना संक्रमितको संख्या एक सय ११ पुगेको छ । संक्रमित मध्ये ६७ जना निको भइसकेको स्वास्थ्य कार्यलय रामेछापको तथ्याङकमा उल्लेख गरिएको छ ।