रामेछाप । रामेछाप जिल्लामा मंगलबार हाल सम्मकै धेरै मानिसमा कोरोना संक्रमणको पुष्टि भएको छ । रामेछाप जिल्लाबाट स्वाब संकलन गरी परिक्षणको लागि धुलिखेल अस्पतालमा पठाइएका मध्ये २३ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार मंगलबार महिला ११ जना र पुरुष १२ जनामा कोरोना संक्रमण भएको हो ।
मंगलबार संक्रमण हुनेमा मन्थली नगरपालिकाका २० जना , लिखुतामाकोसी गाउँपालिकाका दुईजना र सुनापति गाउँपालिकाका एकजना रहेका छन् । संक्रमण पुष्टि हुनेमा मन्थली नगरपालिका वडा नं १ का ४९ ,४६,१९,३२,२४,२४,५८ वर्षका पुरुष र ४५,३९,२६,१३,३५,२४,३६,१५,५४,२८ र लिखुतामाकोसी गाउँपालिका वडा नं १ की ३४ वर्षकी महिला छन् ।
त्यसैगरी मन्थली नगरपालिका वडा नं ८ का ७१, सुनापति गाउँपालिका वडा नं ५ का एक पुरुष शिक्षक , लिखुतामाकोसी गाउँपालिका वडा नं ६ का ३९ र मन्थली नगरपालिका वडा नं १२ का २१,२१ वर्षका पुरुष कोरोना संक्रमण भएको हो । यो संगै जिल्लामै स्वाब संकलन गरिएका संक्रमित हुनेको संख्या १ सय ३४ जना पुगेको छ ।