रामेछाप । बुधबार रामेछापका थप ३ जनामा कोरोना संक्रमण भएको छ । गत असोज २६ गते रामेछाप अस्पतालबाट स्वाव संकलन गरि परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएका ९९ जना मध्ये ३ जनाको रिर्पोट पोजेटिभ आएको हो । स्वास्थ्य कार्यलय रामेछापका अनुसार कोरोना संक्रमित हुनेहरुमा जिल्ला अस्पताल रामेछापका वर्ष ४८ का एक पुरुष कर्मचारी , मन्थली नगरपालिका वडा नम्बर ६ का ३८ वर्षका पुरुष र मन्थली नगरपालिका वडा नम्बर ११ का ६३ वर्षका पुरुष रहेको छन् ।
स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार संक्रमित ३ नै जनालाई जिल्ला अस्पतालको आईसोलेसनमा राखिएको छ । बुधवार थप भएका संगै रामेछापमा कोरोना संक्रमितको संख्या १ सय ३७ जनामा पुगेको छ ।