रामेछाप । रामेछाप बिहिबार थप ४ जनामा कोरोना संक्रमण भएको छ । गत असोज २३ गते स्वाब संकलन गरी परिक्षणका लागि धुलिखेल अस्पताल पठाएका मध्ये ४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थय कार्यलय रामेछापले जनाएको छ । बिहिबार संक्रमण देखिनेमा राष्टिय बाणिज्य बैक मन्थली साखाका ४६,२२ बर्षका महिला र २३ बर्षका पुरुष कर्मचारीमा कोरोना संक्रमण भएको हो भने मन्थली सकोसमा कार्यरत ३० बषको महिलामा समेत कोरोना संंक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जनकारी दिनुभयो ।
बिहिबार थाप भएका संगै रामेछापमा कोरोना संक्रमितको संख्या एक सय ४१ जना पुगेको छ ।