ताजा समाचार


साहारा बचत तथा ऋण सहकारीको खुद नाफा २५ लाख ९२ हजार ४०७ रुपैया !

 नेपाल बाहक    २९ आश्विन २०७७, बिहीबार १६:४२     616 जनाले पढ़िसके

रामेछाप । रामेछापको मन्थलीमा सन्चालित साहारा बचत तथा ऋण सहकारीले आर्थिक बर्ष २०७६÷७७ मा २५ लाख ९२ हजार ४०७ रुपैया खुदा नाफा कमाउन सफल भएको छ । बिहिबार मन्थलीमा भएको १५औँ बार्षिक साधरणसभामा सो बिषयमा जानकारी दिएको हो । संस्थको कोषअध्यक्ष शिवराज श्रेष्ठलेको प्रतिबेदन मा कोरोना महामारीका कारण खुद लक्ष भन्दा कम भएको उल्लेख गरीको थियो । हाल संस्थको कुल पुजी २२ कारोड ८ लाख रहेको छ भने संस्थामा सेयर पुजि एक करोड ८६ लाख भन्दा माथि रहेको कोषअध्यक्ष श्रेष्ठको प्रतिबेदनमा उल्लेख गरिएको थियो ।
संस्थाले कोरोना महामरीको बिचमै पनि आफ्ना सेयर सदस्यलाई ११ प्रतिशल बोनस बितरण गर्न लागेको छ । भने संस्थाले १४ प्रकारणका ऋण सेवा र १३ प्रकारका बचत संकलन गदैँ आएको साहारा बचत तथा ऋण सहकारीका अध्यक्ष मिलन कुमार घिसिङले जानकारी दिनु भयो । अध्यक्ष घिसिङले संस्थाले ११ करोड ९४ लाख ४६ हजार भन्दा बढि ऋण लागानि गरिएको समेत जानकारी दिनु भयो । साथै कोरोना महामारीको बिचमा १० लाख ८५ हजार ७३२ रुपौया बराबरको ब्याज मिनाह गरीको पनि जानकरी दिनु भयो ।
साहारा बचत तथा ऋण सहकारी २०६२ माघ १३ गते देखि बिधिबत रुपमा सन्चालनमा आएको थियो । सुरुका दिनमा २७ जना सेयर सदस्यबाट रु १० का दरले बचत सुरु गरेको संस्थाको १५ औँ साधरण सभा सम्म आइपुग्दा सेयर सदस्यको संख्या ३५ सउ ९७ जना र सेयर पुजी एक करोड ८६ लाख भन्दा रहेको छ ।
संस्थाका अध्यक्ष मिलन कुमार घिसिङको अध्यक्षता र जिल्ला बचत तथा ऋण सहकारीका संघका अध्यक्ष जगनाथ दहालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।