ताजा समाचार


रामेछापका ७२ जना कोरोना संक्रमित निको  : ४७ जनाको पिसिआर रिर्पोट आउन बाकिँ

 नेपाल बाहक    ३० आश्विन २०७७, शुक्रबार १६:१९     523 जनाले पढ़िसके

रामेछाप । रामेछापमा ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार रामेछापका एक सय ४१ जनामा कोरोना संक्रमित मध्ये ७२ जनामा कोरोना संक्रमितको निको भएका हुन् ।
हाल रामेछापमा ६९ जना संक्रिय कोरोना संक्रमित रहेका जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ । जिल्लामा २ हजार ७१ ज्नाको पिसिआर परिक्षण गर्दा एक सय ४१ जनामा कोरोना संक्रमित भएको हो । भने १८ सय ८३ जनाको रिर्पोट नेकेटिभ आएको छ । त्यस्तै कोरोना परिक्षणको लागि धुलिखेल अस्पताल पठाएका मध्ये ४७ जनाको रिर्पोट आउन बाकिँ रहेको बिज्ञप्तिमा उल्लेख गरीएको छ ।
स्वास्थ्य कार्यलय रामेछापका अनुसार हाल सम्म जिल्ला अस्पतालमा ८ जना,मन्थली नगरपालिकामा ६० जना, रामेछाप नगरपालिकामा २२ जना, खाडादेबि गाउँपालिकामा १ जना, गोकुलगंगा गाउँपालिकामा २४ जना, उमाकुण्ड गाउँपालिकामा २ जना, दोरम्बा गाउँपालिकामा २ जना, लिखुतामाकोसी गाउँपालिकामा १९ जना, सुनपाति गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण भएको हो ।
त्यस्तै कोरोना प्रभाबित स्थानबाट आएका २ जना महिला र २३ जना पुरुष गरी २५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ । रामेछाप जिल्ला स्थायि घरभई जिल्ला बाहिर बिभिन्न स्थानमा पेषा तथा ब्यवसाय गरेर बसेका एक सय ३४ जनामा कोरोना संक्रमण भएको छ ।