रामेछाप । रामेछापमा शुक्रबार थप ६८ जनाको स्वाब संकलन गरीएको छ । कोरोना प्रभाबित स्थान र जिल्लामै फ्रन्टलाइनमा बसेर काम गर्न ६८ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ । ६८ जनाकै स्वाब संकलन गरी कोरोना परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएको छ । यो संगै रामेछापमा २१ सय ३९ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिको थियो । हाल सम्म गरीएको परिक्षणमा १८ सय ८३ जनाको रिर्पोट नकेटिभ र एक सय ४१ जनाको रिर्पोट पोजेटिभ आएको छ । त्यस्तै आज संकलन गरिएको सहित एक सय १५ जनाको रिर्पोट आउन बाकिँ रहेको स्वास्थ्य कार्यलय रामेछापले शनिबार जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
रामेछापका बिभिन्न स्थानिय सरकारले निमार्ण क्वारेन्टि २ जना महिला र २३ जना पुुरुष गरी २५ जना क्वारेन्टिनमा रहेको जारी बिज्ञप्तिमा उल्लेख गरेको छ ।