ताजा समाचार


मठमन्दिरमा नित्यपुजा बाहेक अन्य पुजा गर्न रामेछाप प्रशासनको रोक

 नेपाल बाहक    २ कार्तिक २०७७, आईतवार १९:१८     365 जनाले पढ़िसके

रामेछाप । जिल्ला प्रशासन कार्यलय रामेछाप आइतबार एक सुचना जारी गरी मन्दिरमा नित्य पुजा बाहेका अन्य पुजा गर्न रोक लागाएको छ ।  जिल्ला प्रशासन कार्यलय रामेछापले जारी गरेको सुचनामा जिल्ला भित्रका सबै मन्दिर तथा शक्तिपिठहरुमा नित्यपूजा बाहेक अन्य दर्शन कार्य गर्न रोक लगाएको हो । दशैंका बेलामा मन्दिर तथा शक्तिपिठहरुमा सर्वसाधारणहरुको अत्याधिक भिड हुने र यसले कोरोना भाइरस संक्रमणको जोखिमता झन बढ्ने भएकाले प्रशासनले मन्दिर तथा शक्तिपिठहरुमा नित्यपूजा बाहेक अन्य कार्यमा रोक लगाएको हो ।

रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृहमन्त्रालयको अनुरोध अनुसार जिल्लाका सवै पालिका तथा वडाहरुमा रहेका मठ मन्दिर तथा शक्तिपिठहरुमा नित्यपूजा बाहेक अन्य दर्शनका लागि निषेधाज्ञा जारी गर्नुभएको हो । प्रमुख जिल्ला अधिकारी शर्माले जारि गर्नुभएको सूचनामा मिति २०७७ असोज ३० गतेको गृहमन्त्रालयको निर्देशन र असोज २८ गते बसेको जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्ला भरका नगरपालिका , गाउँपालिका तथा वडाहरुमा रहेका सबै शक्तिपिठ तथा मन्दिरहरुमा मिति २०७७ कार्तिक १ गते घटस्थापना देखी ९ गते नवमीको दिन मध्येराती १२ बजेसम्म नित्य पूजा बाहेक दर्शनका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा (६) ३ तथा संक्रामक रोग ऐन २०२० को दफा ३ र ४ अनुरुप यो निषेधाज्ञा जारी गरिएको छ भनिएको छ ।