ताजा समाचार


बढिभाडा लिने सवारीबाट एकैदिन २० हजार भन्दा बढिभाडा फिर्ता

 नेपाल बाहक    ३ कार्तिक २०७७, सोमबार १५:०९     502 जनाले पढ़िसके

रामेछाप । रामेमछापका संचालित सबारी साधनले यात्रुसंग बढिभाडा लिने गरेको पाइएको छ । जिल्ला जिल्ला ट्राफिक प्रहरी रामेछापले सोमबार एकै दिन बढिभाडा लिने ५ सवारीबाट २० हजार भन्दा बढि रकम यात्रुलाई फिताृ गरिएको रामेछापका ट्राफिक प्रहरी रामेश्वर पाण्डेले बताउनु भयो । पाण्डेका अनुसार काठमाडौंबाट रामेछाप आएका बा४ख ४४६८ नम्बरको सवारीबाट तीन हजार ३९५, बा५ख ८२०९ नम्बरको सवारीबाट पाँच हजार ९६०,बा४ल ४९८६ नम्बरको सवारीबाट चार हजार ७५०,बा३ख ८१८५ नम्बरको सवारीबाट दुई हजार ५५८ र बा५ख ९९२९ नम्बरको सवारीबाट चार हजार दश रुपैयाँ बढी लिएको भाडा यात्रुहरुलाई फिर्ता गरिएको हो ।
सरकारले पुर्ण सिट क्षेमता अनुसार यात्रु राख्न पाउने र भाडा पहिलेकै अनुसार लिन पाउने भने पनि टिकेट काउन्टरलेनै ५० प्रतिशत बढी भडा बढाएर टिकेट काटिरहेको पाइएपछि जिल्लाको चेकजाँचमा थप कडाई गरिएको छ । सरकारले पुर्ण सिट क्षेमता अनुसार यात्रु राख्न पाउँने र भाडा पहिलेकै अनुसार लिन पाउँने भनिरहेको छ , यता सवारीले भने त्यसको बेवास्ता गरि टिकेटमै ५० प्रतिशत बढाएर भाडा असुली रहेका प्रमुख पाण्डेले बताउनु भयो । ट्राफिक प्रहरी रामेछापका प्रमुख पाण्डेका अनुसार एकैदिन यसअघि विश्वमा माहामारीका रुपमा फैलिएको कोरोना कोरोना भाइरसका कारण यातायात व्यवसायीहरुले यातायात संचालन गर्दा स्थास्थ्य तथा सुरक्षा मापदण्ड पुरा गरेर ५० प्रतिशत सिटमा यात्रु राखेर ५० प्रतिशत भाडा बढाएर लिन पाउँने सरकारले व्यवस्था गरेको थियो ।