रामेछाप । रामेछापका थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । रामेछापको खाडादेबि गाउँपालिका र सुनपातिका गाउँपालिकामा गरी ३ जनामा कोरोना संक्रमण भएको हो । संक्रमण पुष्टि हुनेमा एक महिला र दुई जना पुरुष रहेको स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षक भुबन थापाले जनाकारी दिनु भयो ।
थापाका अनुसार असोज ३० गते खाडादेबि गाउँपालिकाबाट ५२ जनाको स्वाब संकलन गरिएकोमा खाडादेबि गाउँपालिका ३ का २० बर्षका पुरुष र खाडादेबि गाउँपालिका ७ कि ३५ बर्षकि महिलामा कोरोना संक्रमण भएको हो भने सुनपाति गाउँपालिकामा कार्यरत एक जना पुरुष इन्जिनियरमा समेत कोरोना पोजेटिभ आएको हो ।
। स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत थापाका अनुसार अहिले जिल्ला अस्पतालमा १५ जना , तामाकोसी अस्पतालमा दुईजना , मन्थली नगरपालिकामा २८ जना , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा तीनजना , रामेछाप नगरपालिकामा ९ जना , उमाकुण्ड गाउँपालिकामा दुईजना ,दोरम्बा गाउँपालिकामा चारजना , खाँडादेवी गाउँपालिकामा एकजना र सुनापति गाउँपालिकामा दुईजना गरि ६५ जना संक्रमितको आइसोलेशनमा उपचार भैरहेको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला ४२ जना र १०२ पुरुष गरि १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।