ताजा समाचार


बुधवार कोरोना संक्रमणको नयाँ रेकर्ड : थप पाचँ हजार ७४३ जनामा कोरोना संक्रमण

 नेपाल बाहक    ४ कार्तिक २०७७, मंगलवार १८:२५     341 जनाले पढ़िसके

काठमाण्डौ । बुधवार कोरोना संक्रमणको नयाँ रेकर्ड बनेको छ । बुधवार नेपालमा हाल सम्मकै धेरै जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधवार थप पाचँ हजार सात सय ४३ जनामा कोरोना संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा २० हजार एक सय १८ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
आज थप भएका संगै नेपालमा ४४ हजार ४७६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।
यस्तै गएको २४ घण्टामा २६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७९१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।