काठमाण्डौ । बिश्वभर फैलिएको कोरोना भाइरसका कारण स्थगित भएको कक्षा १२ को परिक्षा मंसिरमा संचालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गर्दै मंसिर ९ गते देखि परिक्षा सन्चालन हुने जानकारी दिएको हो । बिहान ८ बजे सुरु हुने परीक्षा मङ्सिर १६ गते सकिने कार्यतालिका रहेको छ । शनिबार पनि परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।