ताजा समाचार


रामेछापका थप ११ जनामा कोरोना संक्रमण : सक्रमितको संख्या एक सय ५६ पुग्यो

 नेपाल बाहक    ६ कार्तिक २०७७, बिहीबार १२:१८     444 जनाले पढ़िसके


रामेछाप । रामोछापका थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यलय रामेछापका अनुसार कात्तिक २ स्वाब संकलन गरी धुलिखेल अस्पताल पठाएका मध्ये १० जनामा कोरोना संक्रमण भएको हो ।
स्वास्थ्य कार्यलयका अनुसार २४,४१ वर्षका विद्युतका पुरुष कर्मचारी , ५३ वर्षका सरकारी वकिलको कार्यालयका पुरुष कर्मचारी ,मन्थली नगरपालिका वडा नं १ का १९ , ४० वर्षका पुरुष र २१ वर्षकी महिलामा कोरोना संक्रमण भएको छ ।
त्यसैगरी रामेछाप नगरपालिका वडा नं ८ मा मन्थली नगरपालिका वडा नं ६ घर भएकी ३३ वर्षकी महिला , लिखुतामाकोसी गाउँपालिका वडा नं २ की ३०,३२ वर्षकी महिला , ३८ वर्षका पुरुष र वन निर्देशनालय हेटौंडाका ४५ वर्षका पुरुष कर्मचारीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनुभयो ।