काठमाण्डौ । नेपालमा हाल सम्म एक लाख ६८ हजार २३५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । शुक्रबार थप तीन हजार पाँच सय १७ जनामा संक्रमण भएको थियो । पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भए पछि मृतकको संख्या मृतकको संख्या नौ सय २० पुगेको छ ।
अब नेपालमा ३८ हजार तीन सय ५७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै दुई हजार ६ सय ६६ जना क्वरेण्टीनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।