ताजा समाचार


जातिय बिभेदको उन्मुत्ति नेकपाले मात्र गर्ने भन्दै दालित बस्ती नैै नेकपामा प्रबेश

 नेपाल बाहक    १३ कार्तिक २०७७, बिहीबार १७:१०     921 जनाले पढ़िसके

रामेछाप । रामेछापमा एउटा बस्ती नै नेपाल कम्युनिष्ट पाटि नेकपालमा प्रबेश गरेका छ । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा ८ चिसापानिको दलित नेपालि टोलका सबै जना नेकपामा प्रबेस गरेका हुन् । गाउँको बिकास र जातिय बिभेदको उन्मुक्ति नेपाल कम्युनिष्ट पाटि नेकपाले मात्र गर्न सक्ने भन्दै उक्त टोलका २१ घरधुरीका सबै सदस्य नेपाली काग्रेस र राप्रपा त्याग गरी नेकपा प्रबेश गरेको नेपाल कम्युनिष्ट पाटि नेकपा मन्थली नगरपालिका वडा ८ का वडा कमिट अध्यक्ष भुवन कुमार श्रैष्ठले जनाकारी दिनु भयो ।
टोलको बिकास र जातिय र बर्गिाय बिभेदको अन्त्यको अन्य पाटि बाट नहुने भएकाले आफुहरु बस्ती नै नेकपा प्रबेश गरीएको नबप्रशेसि सुमन नेपालीले बताउनु भयो । उहाँले नेकपाको सरकारले बिगत देखि बर्तमान अवस्था सम्म गरिब तथा बिपन्नमुखि कार्यक्रम ल्याएको र आफहरु त्यस्तो अभियानमा सघाउन नेकपामा प्रबेस गरेको बताउनु भयो । कार्यत्रममा बोल्दै उहाँले नेकपाले गरेको राम्रो काममा सहयोग र प्रचारका गर्नुका साथै गलत गरे खवदारी समेत गर्ने बताउनु भयो । कार्यक्रम स्थानिय सुमन नेपालीको अध्यक्षतामा ९ सदस्य टोल कमिटि समेत गठन गरीएको वडा कमिटी अध्यक्ष भुबन कुमार श्रेष्ठले जानकारी दिनु भयो ।