रामेछाप । रामेछापमा थप ११ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । स्बास्थ्य कार्यलय रामेछापले शनिबार प्रेस बिज्ञप्ति जारी गरी सो बिषयमा जानकारी दिएको । शनिबार निको भएका ११ जना सहित रामेछापमा एक सय ५५ जना कोरोना संक्रमित निको भइसकेका छन् ।
हाल जिल्ला अस्पताल रामेछापमा १ जना, गोकुलगंगा गाउँपलिकामा १ जना र सुनपातिमा गाउँपालिकामा ५ जना गरी ७ जना संक्रिया कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरीएको छ । जिल्लामा २२ सय ५८ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षण गर्दा एक सय ६२ जनामा कोरोना संक्रमण भएको थियो जस मध्ये १ सय ५५ जनाले कोरोनालाई जितेका हुन् ।