ताजा समाचार


रामेछापमा सक्रिय कोरोना संक्रमित दुइ जना : एक सय ६० जना कोरोना संक्रमित निको

 नेपाल बाहक    १६ कार्तिक २०७७, आईतवार १३:१४     279 जनाले पढ़िसके

रामेछाप । रामेछापमा थप ५ जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । स्बास्थ्य कार्यलय रामेछापले आइतबार प्रेस बिज्ञप्ति जारी गरी सो बिषयमा जानकारी दिएको । आइतबार निको भएका ५ जना सहित रामेछापमा एक सय ६० जना कोरोना संक्रमित निको भइसकेका छन् ।
हाल जिल्ला अस्पताल रामेछापमा १ जना, गोकुलगंगा गाउँपलिकामा १ जना गरी २ जना संक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरीएको छ । जिल्लामा २२ सय ५८ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षण गर्दा एक सय ६२ जनामा कोरोना संक्रमण भएको थियो जस मध्ये १ सय ६० जनाले कोरोनालाई जितेका हुन् ।