ताजा समाचार


सोमबार २९ सय ३३ जनामा कोरोना संक्रमण : संक्रमणको कारण थप २४ जनाको मृत्यु

 नेपाल बाहक    १६ कार्तिक २०७७, आईतवार १७:३२     321 जनाले पढ़िसके


काठमाण्डौ । सोमबार नेपाल थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ४ सय ४६ जनाको नमूना परीक्षण गर्दा २ हजार ९ सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या १ लाख ७६ हजार पाँच सय पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २४ जनाको ज्यान गएको छ । नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।