रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाको शिक्षा, स्वास्थ्य र खाद्या अधिकारसँग जोडिएका समस्याको पहिचान गरिएको छ । इन्सेककको आयोजनामा आइतबार नागरिक समाज र सरोकारवालसँग भएको छलफलमा समस्या पहिचान गरिएको हो ।
शैक्षिक क्षेत्रको समस्याको बारेमा भएको छलफलमा अब प्रविधिको प्रयोग नगरी शैक्षणिक क्रियाकलाप सञ्चालन हुन नसक्ने देखिएको त्यस तर्फ बजेट विनियोजन र जनशक्ति तयार गर्नुपर्ने सरोकारवालाले बताएका छन् । यसैगरी समुदायको समेत शिक्षा प्रति चासो बढाउने कार्यक्रम आवश्यकता रहेको कुरा पहिचान भएको छ ।
स्वास्थ्य क्षेत्रमा पुर्वाधार, औषधि,उपकरण र जनशक्तिको अभाव नै समस्याको रुपमा रहेको स्थानीयले बताएका छन् । यसको लागि स्थानीयदेखि केन्द्र सरकारलेसम्म कार्यक्रम र बजेट बनाउनुपर्नेमा उनीहरुको जोड छ ।
कृषिमा अहिले पनि पर्याप्त बजेट विनियोजन नहुनु, प्रविधि र प्राविधिकको अभाव, भएका प्राविधिकको पनि उचित परिचालनमा समस्या, औषधि, विषादी र बिउबिजनको अभाव तथा वितरण प्रणालीमा असमनाता लगायतका समस्या रहेको सर्वसाधारणको भनाइ छ ।
छलफलमा नागरिक निगारनी समुह, स्थानीय अगुवा, शिक्षक, स्वास्थ्यकर्मी, राजनीतिक दलका कार्यकर्ता लगायतको सहभागिता थियो ।