ताजा समाचार


मन्थली नगरपालिकाका थप १२ जनाको स्वाब संकलन : १ सय ६० जना संक्रमित निको

 नेपाल बाहक    १७ कार्तिक २०७७, सोमबार १६:५५     473 जनाले पढ़िसके

रामेछाप । मन्थली नगरपालिकाका थप १२ जनाको स्वाब संकलन गरीएको छ । स्वास्थ्य कार्यलय रामेछापका अनुसार सोमबार १२ जनाको स्बाव संकलन गरी धुलिखेल अस्पताल पठाइएको हो । आज संकलन गरीएको संगै ७४० जनाको स्वाब संकलन गरी पिसिआर बिधिबाट कोरोना परिक्षण गरीको थियो । जस मध्ये ७० जनाको रिर्पोट आएको थियो । मन्थली नगरपालिकाका सबै कोरोना संक्रमित निको भइसकेका छन् ।
स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुबन थापका अनुसार अहिले दुईजना मात्रै आइसोलेशनमा उपचार भैरहेको छ । अहिले जिल्ला अस्पताल रामेछापमा एकजना र गोकुलगंगा गाउँपालिकामा एकजना गरि दुईजनाको आइसोलेशनमा उपचार भैरहेको भैरहेको उहाँले दिनुभयो । जिल्लामा हालसम्म १६० जना सङ्क्रमितले कोरोना बताउनुभयो ।