रामेछाप । गेलुका अग्नी पिडितलाई राहत बितरण गरीएको छ । रामेछापकि प्रमुख जिल्ला अधिकारी रुन्द्रदेबि शर्माको सहितको. टोलिले घटना स्थलमै पुगेर राहत बितरण गरेको थियो । सोमबार मन्थली नगरपालिका–१२ गेलुस्थित र्भोलेमा आगलागी हुदाँ ३ घरमा क्षेति भएको थियो ।
आगलागीबाट स्थानिय मकर बहादुर बुढाथोबि, मनोज बुढाथोकि र नारायण बुढाथोकीको घर जलेर नष्ट भएको थियो । आगलागीबाट करिब १७ लाख बराबरको क्षति भएको जिल्ला प्रसाशन कार्यलय रामेछाले जनाएको छ । आगोलागीबाट चार बर्षिय बालक समेत घाइते भएको रामेछाप प्रहरी प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो ।
अग्नी पिडितलाई प्रमुख जिल्ला अधिकारी रुन्द्रादेबि शर्माले चालिस हजार रुपैयाँ राहत प्रदान भएको थियो । भने जिल्ला विपद् व्यवस्थापन कोष मार्फत पीडितलाई तत्काल राहत उपलब्ध गराएको शर्माले जानकारी दिनुभयो । अग्नी पीडित परिवारलाई भाँडाकुडा, कम्बल र त्रिपाल पनि वितरण गरिएको थियो । आगोलागी के कारणले भएको भन्ने एकिम नभए पनि बिद्युत सट् भएर आगोलागी भएको हुन सक्ने अनुमान गरीएको छ ।