ताजा समाचार


रामेछापका थप १० जनामा कोरोना संक्रमणको पुष्टि : संक्रमितको संख्या १ सय ७२ पुग्यो

 नेपाल बाहक    १८ कार्तिक २०७७, मंगलवार १४:४२     565 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लाका थप १० जनामा कोरोना संत्रमणको पुष्टि भएको छ । गत कात्तिक १६ गते स्वाब संकलन गरी परिक्षणको लागि पठाइएका मध्ये १० जनाको रिर्पोट कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।
मंगलबार संक्रमण हुनेमा धुलीखेल अस्पतालमा परिक्षण गर्दा २१ र ३५ बर्षका महिला र ३८ बर्षका पुरुष पोजेटिभ देखिएको थियो । भने प्रदेश ल्यापमा परिक्षण गर्न पठाइएका मध्ये १९ बर्षकि महिला र ३५,२७,२६,२५,२५र ३५ बर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । सोमबार थप भएका संगै रामेछाप जिल्लामै स्वाब संकलन गरी कोरोना परिक्षण गरिएका १७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये १६० जनाले कोरोना संक्रमित निको भई सकेको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।