ताजा समाचार


इलाका प्रशासन कार्यलय लाप्चाने पुन : सन्चालनमा, सेवाको प्रभाबकारीतामा जोड दिइने

 नेपाल बाहक    १९ कार्तिक २०७७, बुधबार १४:५६     481 जनाले पढ़िसके

रामेछा । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकामा लाप्चानेमा रहेको इलाक प्रशासन कायृलय पुन ः सन्चालनमा आएको छ । कर्मचारी अभावका कारण बन्दा भएको इलाका प्रशासन कार्यलय पुन ः सन्चालनमा आएको हो । अधिकृतसहित पाँचजना कर्मचारीको दरबन्दी रहेको सो कार्यलयमा अधिकृत स्तरको कर्मचारीको अभावमा ३ बर्ष देखि इलाका प्रहरी कार्यलयको सेवा बन्द भएको थियो ।
सरकारले आवश्यक कर्मचारी पठाएपछि कार्तिक २७ गेतबाट फेरी संचालनमा आएको हो । कार्यालय संचालनमा आएपछि उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाकाका नागरिकले पुन सेवा लिन थालेका छन् । कार्यालय बन्द भएको लामो समयपछि पुन सेवा लिन पाउँदा स्थानीयहरु खुसी भएका छन । गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेका वडाध्यक्ष शेखरमान श्रेष्ठले इलाका प्रशासन कार्यालय पुन संचालन भएपछि झण्डै चार सय नागरिकहरुले नेपाली नगरिताको प्रमाणपत्र लिइसकेको बताउनुभयो ।
कार्यालयबाट सेवा संचालन भएपछि उमाकुण्ड गाउँपालिकाको वडा नं ३ मा ९९ ,वडा नं ४ मा ५७ ,वडा नं ५ मा ४० , गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेमा ९१ र वडा नं २ ठोसेमा एकसय एकजना भन्दा बढी नागरिकहरुले नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका छन् वडाध्यक्ष श्रेष्ठले भन्नुभयो ।
नेपाल सरकारले आवश्यक कर्मचारी पठाएपछि कार्यालयबाट फेरी सेवा संचालन भएको र अब कार्यालयबाट प्रवाहा हुने सेवाको थप प्रभावकारीतामा जोड दिन्छौँ प्रमुख जिल्ला अधिकारी रुन्द्र देबि शर्माले बताउनु भयो । इलाका प्रशासन कार्यालयले मुद्धा, शान्ति,सुरक्षा, संघ संस्था, हातहतियार, बजार अनुगमनबाहेक अन्य कामसमेत सम्पादन गर्दै आएको छ । नागरिकता प्रमाणपत्र, राहदानी शिफारिस र जनजाति प्रमाणितको काम स्थानीय स्तरमा नै गर्नका लागि सरकारले इलाका प्रशासन कार्यालयको व्यवस्था गरेको थियो । सोहि अनुसार कार्यालयले कार्य सम्पादन गर्दै आएको थियो ।