रामेछाप । रामेछाप जिल्लाका थप ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । गत कात्तिक १७ गते स्वाब संकलन गरी कोरोना परिक्षणको लागि पठाईका १२ जना मध्ये ५ जनाको रिर्पोट कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यलय रामेछापले बिहिबार जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरीएको छ । प्रदेश ल्याममा परिक्षण गरिएकोमा रामेछाप नगरपालिकाका चार महिला र एक जना पुरुषको रिर्पोट पोजेटिभ आएको । पोजेटिभ आउनेमा रामेछाप नगरपालिका वडा न ४ का २६,२७,८६ र २० बर्षकी महिला र २४ बर्षका पुरुष रहेको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको बिज्ञप्तिमा जनाइएको छ ।
बिहिबार थप भएका संगै रामेछापका १७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । हाल सम्म जिल्ला अस्पतालमा ८ जना,मन्थली नगरपालिकामा ८० जना, रामेछाप नगरपालिकामा २८ जना, उमाकुण्ड गाउँपालिकामा २ जना, खाडादेबि गाउँपालिकामा ३ जना, गोकुलगंगा गाउँपालिकामा २५ जना, दोरम्बा गाउँपालिकामा ३ जना, लिखुतामाकोसि गाउँपालिकामा २० जना सुनपाति गाउँपालिकामा ८ जना गरी १७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जस मध्ये एक सय ६१ जनाले कोरोना लाई जितेका छन् भने १६ जना आइसोलेसनमा रहेको जारी बिज्ञप्तिमा उल्लेख गरीएको छ ।