रामेछाप । रामेछाप जिल्लाका २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । गत कात्तिक १९ गते स्वाब संकलन गरी कोरोना परिक्षणको लागि पठाईका ८ जना मध्ये २ जनाको रिर्पोट कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यलय रामेछापले शनिबार जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरीएको छ । धुलिखेल अस्पतालमा परिक्षण गसिुनपाति गाउँपालिकाका वडा न ५ का ४५ बर्षकी महिला र २५ बर्षका पुरुष रहेको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको बिज्ञप्तिमा जनाइएको छ ।
शनिबार थप भएका संगै रामेछापका १७९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । हाल सम्म जिल्ला अस्पतालमा ८ जना,मन्थली नगरपालिकामा ८० जना, रामेछाप नगरपालिकामा २८ जना, उमाकुण्ड गाउँपालिकामा २ जना, खाडादेबि गाउँपालिकामा ३ जना, गोकुलगंगा गाउँपालिकामा २५ जना, दोरम्बा गाउँपालिकामा ३ जना, लिखुतामाकोसि गाउँपालिकामा २० जना सुनपाति गाउँपालिकामा १० जना गरी १७९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जस मध्ये एक सय ६१ जनाले कोरोना लाई जितेका छन् भने १८ जना आइसोलेसनमा रहेको जारी बिज्ञप्तिमा उल्लेख गरीएको छ ।