ताजा समाचार


रामेछापमा मंगलबार थप १८ जनाको स्वाब संकलन : २८ जनाकोे रिर्पोट आउन बाकिँ

 नेपाल बाहक    २५ कार्तिक २०७७, मंगलवार १४:४२     318 जनाले पढ़िसके

रामेछाप । रामेछापमा मंगलबार थप १८ जनाको स्वाब संकलन गरीएको छ । मन्थली नगरपालिकाका थप १८ जनाको स्वाब संकलन गरीएको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ । १८ जनाको स्वाब संकलन गरी कोरोना परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएको स्बास्थय कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा जनाइएको छ । आज स्वाब संकलन गरिएका संगै रामेछापमा २८ जनाको पिसिआर परिक्षणको रिर्पोट आउन बाकिँ रहेको छ । मंगलबार स्वाब संकलन गरिएका संगै मन्थली नगरपालिकामा ७४२ जनाको स्वाब संकलन गरी कोरोना परिक्षण गरिएकोमा ८० जनाको रिर्पोट पोजेटिभ आएको थियो । जस मध्ये अहिले मन्थली नगरपालिका भित्र १० जना संक्रिय कोरोना संक्रमित रहेका छन् ।
हाल सम्म जिल्लामा २ हजार एक सय ११ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको छ । जस मध्ये १ सय ७९ जनाको रिर्पोट पोजेटिभ आएको थियो अहिले जिल्ला भर संक्रिय कोरोना संक्रमितको संख्या १८ जना रहेको छ ।
जिल्ला अस्पताल रामेछापमा ८ जना, मन्थली नगरपालिकामा ८० जना, रामेछाप नगरपालिकामा २८ जना, उमाकुण्ड गाउँपालिकामा २ जना, खाडादेबि गाउँपालिकामा ३ जना, गोकुलगंगा गाउँपालिकामा २५ जना, दोरम्बा गाउँपालिकामा ३ जना र सुनपाति गाउँपालिकामा १० जनामा कोरोना पोजेटिभ आएको थियो । जस मध्ये एक सय ६१ जना कोरोना संक्रमित निको भइसकेको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरीएको छ ।