ताजा समाचार


तरकारी बोकेर ओखलढुगा जादै गरेको भ्यान मन्थली दुघर्टना हुदाँ चालकको मृत्यु

 नेपाल बाहक    २६ कार्तिक २०७७, बुधबार १०:३७     422 जनाले पढ़िसके


रामेछाप । रामेछापमा तरकारी बोकेको भ्यान दुघटना भएको छ । दोलखा बाट तरकारी र फलफुल बोकेर ओखलढुगा जादै गरेको भ्यान मंगलबार राति दुर्घटना भएको हो । दुघटनामा परी उत्त भ्यानका चालक उदयपुर कटारीका ३२ बर्षका प्रदिक कार्कीको निधन भएको रामेछाप प्रहरीले जनाएको छ ।
दोलखाबाट तरकारी तथा फलफुल लिएर हिडेको प्रदेश ३—०१—००६ ख ३२० नम्बरको भ्यान मंगलबार राति करीब २ः३५ मा मन्थली नगरपालिका १ मा दुर्घटना भएको थियो । स्थानियले खबर गरे पछि प्रहरी घटना स्थालमा पुगेको थियो । सडक बाट भ्यान करीब ५० मिटर तल खसेको रामेछाप प्रहरी प्रमुख बसन्त पाठकले जनाकारी दिनुभयो । दुर्घटनामा परी गभ्भिर घाइते भएका चालक कार्कीको उपचारको क्रम तामाकोसि अस्पतालमा निधन भएको रामेछाप प्रहरीले जनाएको छ ।