रामेछाप । रामेछापमा थप ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षक भुवन थापाका अनुसार मन्थली नगरपालिकाका ८ जनाको रिर्पोट कोरोना पोजेटिभ आएको हो । गत कात्तिक २४ गते स्वाब संकलन गरी धुलिखेल पठाइएका मध्ये ८ जनाको रिर्पोट पोजेटिभ आएको हो । रामेछाप नगरपालिका बाट सोहि दिन पठाएका ६ जनाको रिर्पोट भने नेकेटिभ आएको थापाले जनाकारी दिनु भयो ।
बुधबार कोरोना रिर्पोट पोजेटिभ आउनेहरुमा नेपाल बिद्युत प्रधिकर मन्थलीमा कार्यरत ५२ बर्षका पुरुष, मन्थली नगरपालिका ५ कि ३७ बर्षकि स्वास्थ्य कर्मि, उनका १२ बर्षका छोरा, मन्थली नगरपालिकाकै ३८ बर्षका पुरुष, मन्थली नगरपालिकाका ३० बर्षका पुरुष, मन्थली नगरपालिकाका ५ का ६५ र १३ बर्षका महिला र मन्थली नगरपालिका ७ का ५७ बर्षका एक जना पुरुष शिक्षक रहेको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।