ताजा समाचार


रामेछाप प्रशासन द्धरा देउसी भैलो खेल्न निषेध (सुचना सहित)

 नेपाल बाहक    २६ कार्तिक २०७७, बुधबार १८:३७     955 जनाले पढ़िसके

रामेछाप । रामेछापमा यस बर्षको तिहारमा देउसि भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यलय रामेछापले बुधबार एक सुचना जारी गर्दै कोरोना संक्रमणका कारण देउसि भैलो नखेल्न अनुरोध गरेको हो । देउसी भैलोको कार्यक्रममा धेरै जमघट हुने र कोरोना संक्रमणको जोखिम झन उच्च हुने भएकाले यस वर्ष जिल्लामा देउसी भैलो खेल्न नपाइने जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गरी जानकारी दिएको छ ।
विगतका वर्षझै तिहारमा दाइभाइ दिदीबहिनी कहाँ र दिदी बहिनी दाइभाइ कहाँ नजान पनि जिल्ला प्रशासन कार्यालय रामेछापले सबैमा आग्रह गरेको छ । राती ८ बजे पछि मदिरा बेच्न समेत प्रतिबन्ध गरेको छ । पटका तथा अन्य बिस्फोटक पदार्थ प्रयोग समेत नगर्न भनिएको छ ।
यसपालीको तिहारमा कोहीकसैले निर्णय विपरीत देउसी भैलोको कार्यक्रम सञ्चालन गरेमा कानूनअनुसार कारवाही गरिने रामेछापकि प्रमुख जिल्ला अधिकारी रुन्द्रदेबि शर्माले हस्ताक्षर गर्नु भएको सुचनामा उल्लेख गरीएको छ ।