ताजा समाचार


रामेछापका एक सय ७७ जना कोरोना संक्रमित निको : दश जना आइसोलेसनमा

 नेपाल बाहक    २ मंसिर २०७७, मंगलवार ०७:५२     269 जनाले पढ़िसके

रामेछाप । रामेछापका एक सय ७७ जना कोरोना संक्रमित निको भएका छ । स्वास्थ्य कार्यलय रामेछापका अनुसार बिभिन्न समयमा कोरोना संक्रमणको पुष्टि भएका मध्ये एक सय ७७ जनाले कोरोना जित्न सफल भएका हुन् । रामेछाप जिल्लामा हाल सम्म एक सय ८७ जनामा कोरोना संक्रमित रहेका छ । संक्रमित मध्ये १० जना अहिले पनि आइसोलेसनमा रहेका छन् । रामेछापमा २३ सय १९ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको थियो ।
हाल सम्म जिल्ला अस्पताल रामेछापका ८ जना, मन्थली नगरपालिका ८० जना,रामेछाप नगरपालिकाका २८ जना, उमाकुण्ड गाउँपालिकाका २ जना, खाडादेबि गाउँपालिकाका ३ जना, गोकुलगंगा गाउँपालिका २५ जना, दोरम्बा गाउँपालिका ३ जना, लिखुतामाकोसि गाउँपालिकाका २० जना र सुनपाति गाउँपालिकाका ८ जना कोरोना संक्रमितले कोरोनालाई जितेको स्वास्थ्य कार्यलय रामेछापले आज जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ ।