ताजा समाचार


रामेछापको सुनपाति गाउँपालिकामा बोलेरो दुर्घटना हुदाँ एक बालिकाको निधन

 नेपाल बाहक    ४ मंसिर २०७७, बिहीबार १७:१८     572 जनाले पढ़िसके

रामेछाप । रामेछापमा बिहिबार बोलेरो दुर्घटना भएको छ । गुन्साल बाट काठमान्डौँ तर्फ जादै गरेको बा १० च ५५९८ नम्बरको बोलेरो बिहिबार सुनपाति गाउँपालिकाको वडा न ४ बेलडाडाँ दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यलय रामेछापका अनुसार बोलेरो सडक बाट करीव १५ मिटर तल झरेको थियो ।
बोलेरो दुर्घटनामा परी सुनपाति गाउँपालिका १ गुन्सी भदौरेकि अन्दाजि १२ बर्षकि सुजता श्रेष्ठको घटना स्थालमै निधन भएको छ । दुर्घटनामा परी बाकेँ जिल्ला घर भएका १५ बर्षका भुमिका श्रेष्ठ, १७ बर्षकि यसोदा श्रेष्ठ, १५ बर्षकि अस्मिता श्रेष्ठ, १९ बर्षकि रोजी श्रेष्ठ र १८ बर्षका ज्ञानेन्द्र श्रेष्ठ घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि काठमान्डौँ पठाइएको रामेछाप प्रहरीले जनाएको छ ।