रामेछाप । रामेछापमा शुक्रबार थप १९ जनाको स्वबा संकलन गरिएको छ । कोरोना परिक्षणको लागि मन्थली नगरपालिकाका थप १९ जनाको स्वाब संकलन गरिएको स्बास्थ कार्यलय रामेछापले जनाएको छ । संकलन गरिएको स्वाब परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएको छ । शुक्रबार संकलन गरिएको स्वाब संगै मन्थली नगरपालिकामा सात सय ७१ जनाको स्वबा संकलन गरि कोरोना परिक्षण गरिएको छ । हाल सम्म गरिएको परिक्षणमा ८८ जनाको रिर्पोट कोरोना पोजेटिभ आएको थियो । संक्रमित मध्ये ८० जना निको भइसेका छन भने अझै ८ जना आइसोलेसनमा रहेको स्वास्थ्य कायएलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा जनाइएको छ ।
हाल सम्म रामेछापमा २३ सय ३४ जना पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको छ । जस मध्ये एक सय ८७ जनाको रिर्पोट पोजेटिभ आएको थियो । संक्रमित मध्ये एक सय ७९ जना निको भएका छन् ।