ताजा समाचार


रामेछापका थप ३ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १९० पुग्यो

 नेपाल बाहक    ६ मंसिर २०७७, शनिबार १२:०५     434 जनाले पढ़िसके

रामेछाप । शनिबार रामेछापका थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मंसिर ४ गते मन्थली नगरपालिकाका १९ जना स्बाव धुलिखेल अस्पतालमा परिक्षणको लागि पठाइएको थियो । जस मध्ये ३ जनाको रिर्पोट कोरोना पोजेटिभ आएको स्वस्थ्य कार्यलय रामेछापले प्रेस बिज्ञप्ति जारी गरी जनाकारी दिएको छ ।
शनिबार कोरोना सङ्क्रमण हुनेमा मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत २८,२८ वर्षका दुईजना पुरुष चिकित्सक र नेपाल विद्युत प्राधिकरण मन्थलीमा कार्यरत ४५ वर्षका पुरुष कर्मचारी रहेका छन् । यो संगै रामेछापमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या १९० पुगेको छ ।