रामेछाप । रामेछापको मन्थली नगरपालिका ७ भटौलिमा घर आगोलागि हुदाँ एक बालकको निधन भएको छ । शनिबार करीब १२ बजे तिर मन्थली नगरपालिका ७ भटौलिका रण बहादुर रम्तेलको घरमा आगोलागि भएको हो । आगोलागिमा गरी उनका ५ बषिय छोरा सुजत रम्तेलको निधन भएको रामेछाप प्रहरीले जनाएको छ ।
आगो नियन्त्रमा आइसकेको रामेछाप प्रहरीले जनाकारी दिएको छ । घटनाको खबर पाउन साथ प्रहरी घटना स्थालमा पुगेको रामेछापका प्रहरी प्रमुख डिएसपि बसन्त पाठकले जनाकारी दिनु भयो । उहाँका अनुसार बिद्युत सट भएर आगोलागि भएको थियो । क्ष्यतिको बरेमा थप बिवरण आउन बकिँ रहेको रामेछाप प्रहरीले जनाएको छ ।