रामेछाप । रामेछापकि प्रमुख जिल्ला अधिकारी रुन्द्रादेबि शर्माले भटौलिका अग्नि पिडितलाई राहत बितरण गर्नु भएको छ । शनिबार मन्थली नगरपालिका ७ भटौलिमा बिद्युतसट भएर आगोलागि हुदाँ ५ बर्षिय बालक सुजन रम्तेलको निधन भएको थियो । आगोलागीका कारण मन्थली नगरपालिका ७ भटौलिका रण बहादुर रम्तेलको घर क्षेति भएको थियो ।
घटनामा परी ज्यान गुमाउनेको परिवार लाई प्रमुख जिल्ला अधिकारी शर्माले राहत बितरण गर्नु भएको हो । पिडितलाई नगत २ लाख र रेडक्रस बाट उपलब्ध गराइएको १ सेट फेमिलि किट, त्रिपाल,मण्डी, लत्ता कपडा तथा भाडा उपलब्ध गराइएको थियो ।