ताजा समाचार


रामेछापमा थप ३ जना कोरोना संक्रमित निको : निको हुनेको संख्या १८८ पुग्यो

 नेपाल बाहक    ९ मंसिर २०७७, मंगलवार १४:२०     307 जनाले पढ़िसके

रामेछाप । रामेछापमा एक सय ८८ कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । रामेछाप जिल्लामा बिभिन्न समयमा गरी एक सय ९७ जनामा कोरोना पोजेटिभ भएको थियो । स्वाबस्थ्य कार्यलय रामेछापका अनुसार २३ सय ९३ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गर्दा एक सय ९७ जनाको रिर्पोट पोजेटिभ आएको थियो ।
रामेछापमा शुत्रबार थप ३ जना कोरोना संक्रमित कोरोना मुक्त भएका थियो । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले शुक्रबार नेपाल बिद्युत प्रधिकारण रामेछापमा कार्यरत ४५ बर्षका कर्मचारी , ५७ बर्षका पुरुष र ३१ बर्षकी महिला सहित तीन जना कोरोना मुक्त भएका हुन । हाल रामेछापमा सक्रिय कोरोना संक्रमित ९ जना रहेको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरीएको छ ।