ताजा समाचार


वडाअध्यक्ष अधिकारीको उपचार हुदैँ, अवस्था खतरामुक्त रहेको परिवारीक स्रोतको भनाई

 नेपाल बाहक    २० मंसिर २०७७, शनिबार १४:०२     588 जनाले पढ़िसके

रामेछाप । मन्थली नगरपालिका वडा नं १२ गेलुका वडा अध्यक्ष तथा नेपाल कम्युनिष्ट पाटि नेकपा मन्थली नगरपालिकाका नगर अध्यक्ष कृष्णहरी अधिकारी मिलको फितामा बेरिदा गभ्भिर घाइते हुनुभएको छ । शनिबार आफ्नै घरको मिलमा धान कुट्ने क्रममा वडा अध्यक्ष अधिकारी घाइते हुनुभएको परिवारीक स्रोतले जनाएको छ ।
धन कुट्ने क्रममा अध्यक्षको गलबन्धी मिलको फितामा बेरीदा उहाँको टाउँकोमा चोट लागेको थियो । घाइते अधिकारीको गेलु प्रथामिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि उहाँलाई थप उपचारको लागि काठमान्डौँको मेडिसिटि अस्पतालमा पठाइएको छ । अहिले उहाँ अबस्था समान्य खतर मुक्त रहेका अधिकारीका छोरो सागरहरी अधिकारीले जनाकारी दिनु भयो ।