ताजा समाचार


चार महिनाको अबधिमा रामेछापमा १९ जनाले गरे आत्मा हत्या !

 नेपाल बाहक    २३ मंसिर २०७७, मंगलवार १७:४५     491 जनाले पढ़िसके

रामेछाप । चालु आर्थिक बर्षको पहिलो चौमासिमा १९ जनाले आत्मा हत्या गरेको छ । रामेछापमा चालु आर्थिक बर्षको साउन देखि यता १९ जनाले आत्मा हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यलय रामेछापको तथ्याङ्कक अनुसार १३ जनाले झुण्डिएर ,बिष सेवन गरेर ५ जना र हाम फालेर एक जना गरी १९ जनाले आत्मा हत्या गरेको रामेछाप प्रहरीको तथ्याङ्ककले देखाउछ ।
पछिल्लो तीन बर्षको तथ्याङ्कक हेर्दा रामेछाप जिल्लामा आत्मा हत्या गर्नेको संख्या बढ्दो क्रममा रहेको छ । जिल्ला प्रहरी कार्यलय रामेछापको तथ्याङ्कक अनुसार आर्थिक बर्ष २०७४÷७५ मा २३ जनाले बिष सेवन गरे आत्मा हत्या गरेका छन् भने २५ जनाले झुण्डिएर र २ जनले हाम फालेर आत्मा हत्या गरेका छन् ।
त्यस्यै आर्थिक बर्ष २०७५÷७६ मा १६ जनाले बिष सेवन गरी, २६ जनाले झुण्डियर र एक जनाले हाम फालेर आत्मा हत्या गरेको छन् । भने गत अर्थिक बर्ष २०७६÷७७ मा पनि आत्मा हत्या गर्नेको संख्या बढेको देखिन्छ । गत आर्थिक बर्षमा ११ जनाले बिष सेवन गरेर र ३९ जनाले झुण्डियर आत्मा हत्या गरेको रामेछाप प्रहरीको तथ्याङ्ककले देखाएको छ ।