रामेछाप । रामेछापको मन्थली नगरपालिकामा रामेछाप साँस्कृतिक कलाकार समाज नगर स्तरिय कार्यसमिति गठन भएको छ । बुधबार मन्थलीमा लोक तथा दोहोरी गायक दुर्गानारायण श्रेष्ठको अध्यक्षतामा १६ सदस्यि कार्यसमिति गठन भएको हो । नव गठित कार्यसमितिको उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमश पासाङ लामा, ईश्वरी बस्नेत , नवराज श्रेष्ठ, राम विपि मगर र भावना कार्की चयन हुनुभएको छ । कार्यसमिति सदस्यहरुमा निकिता चौहान, सन्तोष बस्नेत ,कृष्णहरि चौहान,सिर्जना रोक्का, अनिता थापा मगर ,सुरुची मगर,भद्रमाया पुलामी मगर ,समशेर लामा,दिक्षा महत र केशव पाख्रीन चयन हुनुभएको छ । रामेछाप साँस्कृतिक कलाकार समाज मन्थली नगरपालिका संयोजक सविन चौहानको अध्यक्षता, मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यता , समाजका संस्थापक अध्यक्ष अमृत बहादुर सुनुवार , वर्तमान अध्यक्ष रामकुमार पौडेल, बरिष्ठ उपाध्यक्ष कुमार कार्की र महासचिव युनिक विफा घिसिङको विशेष उपस्थितिमा कार्यसमिति गठन गरिएको हो । कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख बस्नेतले रामेछाप साँस्कृतिक कलाकार समाजलाई नगरपालिकाले सकेको सहयोग गर्ने बताउनुभयो । उहाँले नगरपालिकाभित्र साहित्य र संस्कृति संरक्षण र सम्वद्र्धनका लागि नगरपालिकाले १५ लाख रुपैयाँ बराबरको अक्षय कोष स्थापना गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कला , संस्कृति , पहिचानका लागि नगरले समय समयमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताउदै नगरप्रमुख बस्नेतले आगामी कार्यक्रमहरु रामेछाप साँस्कृतिक कलाकार समाजसंग अझ राम्रो समन्वय र सहकार्य गरेर सञ्चालन गरिने बताउनुभयो । कार्यक्रममा मन्थली नगरपालिका वडा नं १ का कार्यबहाक अध्यक्ष गजेन्द्र बहादुर थापा , वडा नं ३ का अध्यक्ष केशव रोक्का, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, बचत तथा सहकारी संघ बागमती प्रदेश कार्यसमिति सदस्य जगन्नाथ दाहाल, रामेछाप साँस्कृतिक कलाकार समाजका मानार्थ सदस्य लेख बहादुर कार्की , सल्लाहकार पुर्ण सुवेदी लगायतले मन्थली नगरपालिकामा नगर स्तरीय रामेछाप साँस्कृतिक कलाकार समाजको अवश्यकता र औचित्यका बारेमा बोल्नुभएको थियो । नवगठित रामेछाप साँस्कृतिक कलाकार समाज मन्थली नगरपालिका कार्यसमितिका अध्यक्ष दुर्गानारायण श्रेष्ठले आगमी दिनमा स्थानीय सरकारसंग प्रयाप्त समन्वय र सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।