रामेछाप । रामेछापमा थप चार जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । गत मंसिर २३ गते मन्थली नगरपालिका बाट स्वाब संकलन गरी पठाएका मध्ये ४ जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ । बिहिबार संक्रमण पुष्टि हुनेमा मन्थली नगरपालिका १ का ४१ र ३४ बर्षका पुरुष रहेका छन् भने ३२ बर्षकि महिलार रहेकी छन् । मन्थली नगरपालिका ५ कि ३० बर्षकि महिला रहेकी छन् । बिहिबार थप भएका संगै रामेछापमा कोरोना संक्रमण संख्या २ सय २ पुगेको छ । जस मध्ये एक सय ९४ जना निको भएको स्वास्थ्य कार्यलय रामेछापले प्रेस बिज्ञप्ति जारी गरी जनाकारी दिएको छ ।