ताजा समाचार


मानव अधिकार बर्ष पुस्तक २०२१ को पूर्व समिक्षा कार्यक्रम सम्पन्न

 नेपाल बाहक    २५ मंसिर २०७७, बिहीबार १८:१४     377 जनाले पढ़िसके

रामेछाप । रामेछापको मन्थलीमा मानव अधिकार बर्ष पुस्तका २०२१ को पूर्व समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बिहिबार मन्थलीमा मानवअधिकार संरक्षण सञ्जाल रामेछाप,हुराडेक नेपाल दोलखाको नागरिक समाज पारस्पारिक जवाफ देहिता परियोजना र इन्सेकले आयोजना गरेको कार्यक्रममा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापन तथा मानवअधिकार वर्ष पुस्तक २०२१ को पूर्व समिक्षा कार्यक्रम गरिएको हो ।
कार्यत्रम मानव अधिकार संरक्षण संन्जाल रामेछापका संयोजक पाण्डव प्रसाईको अध्यक्षता र मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्कि , रामेछापका प्रहरी प्रमुख बसन्त पाठक र जिल्ला न्यायिबक्ता यदु नाथ शर्माले माबन अधिकारको बारेमा आफ्नो मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले नगरभित्र हुने लैंगिक हिंसा न्युनिकरणका लागि थप प्रभावकारी अभियानहरु सञ्चालन गरिने बताउनु भएको थियो । नगरप्रमुख बस्नेतले मन्थली नगरपालिकाभित्र आर्थिक अधिकार , वैदेशिक रोजगारी संग जोडिएका हिंसाहरु बढी रहेको बताउनुभयो । उहाँले समाजमा महिला हिंसा मात्रै बढेको नभै पुरुष हिंसाहरु भैरहेकाले समाजमा हुने सवैखालका हिंसाहरु न्युनिकरणका लागि नगरपालिकाले लक्षित क्षेत्रको पनि लक्षित वर्गहरुमा लैंगिक हिंसा विरुद्धका सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो । मन्थली नगरपालिका उपप्रमुख माया कुमार कार्कीले नगरपालिकाभित्र हुने लैंगिक हिंसा न्युनिकरणका लागि नगरपालिकाले प्रभावकारी कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक बसन्त पाठकले रामेछापमा विशेषगरी महिला , वालवालिका , जेष्ठ नागरिकमाथि हिंसा बढी भैरहेकाले यस्ता हिंसा न्युनिकरणका लागि प्रहरी प्रयासरत रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले रामेछापमा चालु आर्थिक वर्ष २०७७÷०७८ को हालसम्म घरेलु हिंसाका सात घटना भएकोमा सवैमा मिलापत्र भएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको अहिलेसम्म जवरजस्ती करणीका ६ वटा घटना भएकोमा पाँचवटा फछुयौँट भएको , जवरजस्ती करणी उद्योगको एउटा ,आत्महत्यका १८, बाल यौन दुरुपयोगका एउटा ,गर्भपतन गर्न नहुने दुईवटा र ज्यान मार्ने उद्योगका एउटा घटना भएको बताउनुभयो । कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रामेछापका प्रतिनिधि नवराज पथिकले मानवअधिकार वर्ष पुस्तक २०२१ समावेश भएको विभिन्न घटनाहरुका बारेमा जानकारी गराउनुभएको थियो ।