ताजा समाचार


शनिबार गोकुलगंगा गाउँपालिकमा थप २५ जनाको स्वाब संकलन

 नेपाल बाहक    २७ मंसिर २०७७, शनिबार १५:३७     265 जनाले पढ़िसके

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाका शनिबार थप २५ जनाको स्वाब संकलन गरिएको छ । संक्रमितको संम्पर्कमा आएका र फ्रन्टलाइन्मा बसेर काम गर्नेको स्वाब संकलन गरि परिक्षणको लागि धुलिखेल अस्पताल पठाइएकोे स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षक भुवन थापाले जानकारी दिनु भयो । शनिबार स्वाब संकलन गरिएका संगै गोकुलगंगा गाउँपालिकामा २ सय ८८ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गरिएको छ । जस मध्ये २६ जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार हाल सम्म २ सय दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित मध्ये एक सय ९४ जना निको भएका छन् भने ८ जना आइसोलेसनमा रहेको छन् ।