रामेछाप । रामेछापको मन्थलीमा सन्चालित नवजागरण बचत तथा ऋण सहकारीले आर्थिक बर्ष २०७६÷७७ मा ६६ लाख ३१ हजार २८२ रुपैया २१ पैसा खुदा नाफा कमाउन सफल भएको छ । शनिबार मन्थलीमा भएको २२ औँ बार्षिक साधरण सभामा सो बिषयमा जानकारी दिएको हो ।
संस्थाको कोषअध्यक्ष जगनाथ दाहलको प्रतिबेदन मा कोरोना महामारीकाको बेला १५ लाख रुपैया भन्दा बढि ब्याज रकम छुट गरीको उल्लेख गरिएको थियो ।
हाल संस्थको कुल पुजी ४३ कारोड ३५ लाख ५६ हजार ७९६ रुपैयाँ १४ पैसा रहेको छ भने संस्थामा सेयर पुजि ४ करोड ३२ लाख ६४ भन्दा माथि रहेको कोषअध्यक्ष दाहालको प्रतिबेदनमा उल्लेख गरिएको थियो ।
नवजागरण साकोसले बिभिन्न शिर्षका करिब २९ करोड, १९ लाख ४१ हजार भन्दा बढि रकम ऋण लागानि गरेको समेत प्रतिबेदनमा उल्लेख गरिएको थियो ।
नवजागरण सकोस २०५५ सालमा दार्ता भई आफ्ना २५ जना सदस्यबाट रु १० रुपैयाका दारले बचत संकलन गर्न सुरु गरेको थियो । हाल यस संस्थ्बााले रामेछापका चार वटा स्थानिय तहलाई कार्यक्षेत्र बनाई काम गदैँ आएको छ । रामेछापको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाडादेबि गाउँपालिका र लिखुतामाकोसि गाउँपालिकालाई कार्यक्षेत्र बनाई काम गदैँ आएको संस्थाको अध्यक्ष श्याम थापाले जनाकारी दिनु भयो ।
संस्थाले कोरोना महामरीको बिचमै पनि आफ्ना सेयर सदस्यलाई ७ प्रतिशल बोनस बितरण गर्न लागेको छ । नवजागरण बचत तथा ऋण सहकारीका अध्यक्ष श्याम थापाको अध्यक्षता र मन्थली नगरपालिकाकि उप प्रमुख माया कार्किकोे प्रमुख आथिथ्यतामा कार्यत्रक्रम सम्पन्न भएको थियो ।