ताजा समाचार


नेपाल पत्रकार महासंघ रामेछापको १८ औँ साधरण सभा सम्पन्न

 नेपाल बाहक    २७ मंसिर २०७७, शनिबार १९:१९     258 जनाले पढ़िसके

रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापको १८ औँ बार्षिक साधरण सभा सम्पन भएको छ । नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुगेलको अध्यक्षता तथा र मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश सदस्य बद्रीनयाँघरे , रविन्द्र गौतम, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी, पत्रकार महासंघ रामेछापका पूर्व अध्यक्ष नवराज पथिक,हिमाल ढुंगेल,निवर्तमान अध्यक्ष टिका प्रसाद भट्ट ,प्रेस संघठन रामेछापका अध्यक्ष युनिक विफा घिसिङ,नेपाल प्रेस युनियन रामेछापका अध्यक्ष अप्रिल अधिकारी लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार बस्नेतले पत्रकारका २० लाख बराबराको अक्षय कोषको स्थापना गर्ने प्रतिवद्धता गर्नु भएको छ । नगर प्रमुख बस्नेतले मन्थली नगरपालिकाले नगरभित्र सञ्चालित सञ्चार माध्ययम र त्यसमा कार्यरत पत्रकाहरुको हक हित र संरक्षणमा काम गरिरहेको बताउदै आफ्नो कार्यकालभित्र २० लाख बराबरको अक्षयकोष स्थापना गर्ने बताउनुभयो ।