ताजा समाचार


रामेछापमा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको पुष्टि

 नेपाल बाहक    २९ मंसिर २०७७, सोमबार १४:३३     224 जनाले पढ़िसके

रामेछाप । रामेछापमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मंसिर २५ गते गोकुलगंगाबाट परिक्षणको लागि पठाइएका मध्ये एक जनाको रिर्पोट कोरोना पोजेटिभ आएको हो । कोरोना पोजेटिभ आउनेमा रामेछापको गोकुलगंगा गाउँपालिकामा कार्यरत ४६ बर्षका पुरुष स्वास्थ्य कमि रहेको स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ ।
सोमबार थप भएका संगै रामेछपमा कोरोना संक्रमितको संख्या दुई सय ३ पुगेको छ । जिल्लामा २४ सय ४५ जनाको पिसिआर बिधिबाट कोरोनाको परिक्षण गर्दा २०३ जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ । संक्रमित मध्ये एक सय ९४ जना निको भएका छन् । रामेछाप जिल्लामा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९ जना रहेको जारी बिज्ञप्तिमा उल्लेख गरेको छ ।