ताजा समाचार


रामेछापमा ६ हजार १५ बिपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा

 नेपाल बाहक    ३० मंसिर २०७७, मंगलवार १७:१३     542 जनाले पढ़िसके

रामेछाप । रामेछाप जिल्लामा ६ हजार १५ बिपन्न परिबारकोे निशुल्क स्वास्थ्य बिमा गरिएको छ । स्वास्थ्य बिमा बोर्ड रामेछापका अनुसार रामेछापमा स्वास्थ्य बिमा कार्यक्रम लागु भए पछि सो परिमाणमा बिमा गरिएको हो । स्वास्थ्य बिमा बोर्ड रामेछापका अनुसार रामेछापमा ४५ सय ६० जना ७० बर्ष नाधेका जेष्ठ नागरीक, १३ सय ९० अति गरीब परिबार र ६५ पुर्ण असक्त परिबारको निशुल्क स्वास्थ्य बिमा गरीएको हो । रामेछाप जिल्लामा २०७४ पौष २६ गते बाट स्वास्थ्य बिमाको कार्यक्रम सुरु भएको थियो ।
स्वास्थ्य बिमा बोर्ड रामेछापका दर्ता अधिकारी यज्ञराज ढुगेलका अनुसार रामेछाप जिल्लामा हाल सम्म ३३ हजार ६ जना नागरीक स्वास्थ्य बिमामा आवद्ध भइ सकेका छन् । जसमा १५ हजार ६ सय ३७ जना पुरुष र १७ हजार ३ सय ६९ जना महिला रहेको छन् । रामेछापमा स्वास्थ्य बिमामा आवद्ध हुनेमा महिला संख्या बढि रहेको समेत बोर्डको तथ्याङ्कले देखाएको छ ।
दर्ता अधिकारी ढुंगेलका अनुसार रामेछापमा सबै भन्दा बढि मन्थली नगरपालिकाका नागरीकले स्वास्थ्य बिमा गरेका छन् । मंसिर मसन्त सम्मको तथ्याङ्ककको आधरमा हेर्दा मन्थली नगरपालिकाका ५८ सय ८ जना महिला र ५ हजार ३० जना पुरुष गरी १० हजार ८ सय ३८ जनाले स्वास्थ्य बिमा गरेका छन् ।
मन्थली नगरपालिका पछि धेरै बिमा गर्नेमा सुनपाति गाउँपालिका नागरक रहेका छन् । सुनपाति गाउँपालिकाका ६४ सय ३० जना नागरीक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । स्वास्थ्य बिमा बोर्ड रामेछापका दर्ता अधिकारी यज्ञराज ढुगेलका अनुसार सुनपाति गाउँपालिकाका ३२ सय ९९ महिला र ३१ सय ३१ जान पुरुष स्वास्थ्य बिमामा आबद्ध भएका छन् ।
त्यस्तै तेस्रो धेरै बिमा गर्ने स्थानिय तहमा भने रामेछाप नगरपालिका रहेको छ । रामेछाप नगरपालिकाका ३ हजार ४ जना नागरीका स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको दर्ता अधिकारी ढुगेलले बताउनु भयो ।
ढुंगेलका अनुसार लिखुतामाकोसि गाउँपालिकामा २२ सय १७ जना, गोकुलगंगा गाउँपालिकामा २४ सय २८ जना, उमाकुण्ड गाउँपालिकामा २०४९ जना र खाडादेबि गाउँपालिकामा २८ सय ५९ जना नागरीक स्वास्थ्य बिमामा आबद्ध भएका छन् ।
स्वास्थ्य बिमा बोडले रामेछापका ६४ वटै वडामा दर्ता सहयोगि खटाएको छ । ५ जना सम्मको परिबारले बार्षिक ३५ सय रुपैया तिरे पछि एक बर्षको लागि रु एक लाख सम्मको स्वास्थ्य सेवा लिन पाउने स्वास्थ्य बिमा बोडको निमावली उल्लेख छ । ५ जना भन्दा बढि सदस्य भएको परिबारले प्रति ब्यक्ति ७०० सय रुपैया तिरे पछि स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुन पाउने ढुगेलले बताउनु भयो ।
बिपन्न तथा अति बिपन्न नागरीकको उपचारमा सहयोग पुराउने लक्ष्य लिएको सो कार्यक्रम हाल ६२ जिल्लामा लागु भएको छ । नागरीकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनको उदेश्यका साथ नेपाल सरकारले २०७४ सालस्वास्थ्य बिमा बोड गठन गरेको थियो । हाल सम्म नेपालमा ३४ लाख भन्दा बढि नागरीक आबद्ध भएको स्वास्थ्य बिमा बोडको आधिकारी वइभसाइटमा उल्लेख छ ।