ताजा समाचार


रामेछाप प्रशासन द्धरा ८७ बर्षिय बृद्धालाई नागरीकता प्रदान

 नेपाल बाहक    १ पुष २०७७, बुधबार १९:१९     493 जनाले पढ़िसके


रामचन्द्र बुढाथोकी, रामेछाप । जिल्ला प्रशासन कार्यलयले रामेछापले ८७ बर्षकि बृद्घा महिलालाई नागरीकता प्रदान गरेको छ । रामेछापकि प्रमुख जिल्ला अधिकारी रुद्रादेबि शर्माले बुधवार रामेछाप नगरपालिका ५ रामपुरकि शक्तिमाया तमाङलाई नागरीकता प्रदान गर्नु भएको हो ।
प्रमुख जिल्ला अधिकारी शर्माले उहाँकै निबासमा गएर आज नागरीकता बितरण गर्नु भएको रामेछाप प्रसासनका नायक सुब्बा लक्ष्मण भुजेलले जानकारी दिनु भयो । नागरीकता नभएका कारण उहाँ समाजिक सुरक्षा भत्ता लिनबाट समेत बन्चीत भएको रामेछाप नगरपालिका ५ रामपुरका वडा अध्यक्ष भिम बहादुर तमाङले बताउनु भयो ।
वडा अध्यक्ष तमाङले नै ८७ बषिय शक्तिमायाले हाल सम्म नगरीकताको प्रमाणपत्र नलिएको जानकारी दिनु भएको थियो । तमाङले जनाकारी दिए पछि नागरीकताका लागी आवश्यक कागजात जुटाएर उहाँको घरमै पुगेर नागरिकता प्रदान गरिएको हो ।
एक्लै बस्दै आउनु भएकि शत्तिमायाले नगरीकता पाएसँगै सरकारले प्रदान गदैँ आएको समाजिक सुरक्षा भत्ताका लागि आवश्यक प्रक्रिया अगाडी बढाइने वडाअध्यक्ष तामाङले बताउनुभयो । रामेछाप प्रशासनले केहि महिनाका लागि पुग्ने खाद्यन्न र न्यानो कपडासमेत उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालय रामेछापका नायक सुब्बा लक्षमण भुजेलले जानकारी दिनुभयो ।