रामेछाप । रामेछापकि प्रमुख जिल्ला अधिकारी रुन्द्रा देबि शर्मा सरुवा हुनु भएको छ । गृह मन्त्रालयले शुक्रवार रामेछाप सहित १८ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । गृह मन्त्रालयका अनुसार रामेछापकी रुद्रादेवी शर्मा गुल्मी सरुवा हुनुभएको छ ।
शर्मा २०७६ माघबाट रामेछापको प्रमुख जिल्ला अधिकारीको रुपमा काम गर्नु भएको थियो । रामेछापको लागि पाचँथरका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा आउने गृह मन्त्रालयको सुचनामा उल्लेख छ ।