रामेछाप । रामेछाप जिल्लाका चार नेता नेकपाको केन्द्रिय सदस्यमा चयन भएका छन् ।
केपी शर्मा ओली समुहले पुर्नगठन गरेको महाधिवेशन केन्द्रीय आयोजक सदस्यमा रामेछापबाट चारजना चयन भएका हुन् ।
रामेछापबाट खाँडादेवी गाउँपालिकाका अधयक्ष प्रेम बहादुर तामाङ, मन्थली नगरपालिकाकी उप्रमुख माया कार्की, नेकपाका नेता तुला प्रसाद कडेल र भुवन घिमिरे केन्दिय सदस्यमा चयन हुनु भएको छ ।
केन्द्रीय महाधिवेशन आयोजक समितिमा चयन हुनुभएका चारै जनाले सपथ ग्रहण समेत गरिसक्नुभएको छ । चारै जना नेता बुधवार बागमती प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी हुनुभएको थियो ।